• ६ जेठ २०८१, आइतबार

चार लाख घुस लिएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर

blog

काठमाडौं, साउन ७ गते । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई झापामा कार्यरत आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहानसहित तीन जनाविरुद्ध चार लाख रुपियाँ भ्रष्टाचार आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार चौहानसहित इन्जिनियर रवीन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलले सडक निर्माणको कार्य अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग सो रकम घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो । 

आरोपितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।