• ७ पुस २०८१, आइतबार

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधि मण्डलको शिष्टाचार भेट

blog

चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः राष्ट्रपतिको कार्यालय

काठमाडौं, साउन ७ गते। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनका सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। 

आइतबार दिउँसो राष्ट्रपति कार्यालय, महाराजगन्जमा राष्ट्रपति पौडेलसँग नेता जियाजुनको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिनुभयो। भेटमा दुई देशबिच रही आएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ। 

भेटमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबिच रही आएको बहुआयामिक सम्बन्धलाई सुदृढ तुल्याउन मदत पुग्ने विश्वास गर्नुभएको सहायक प्रवक्ता पौडेलले जानकारी दिनुभयो।

यसैगरी, भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिनुभयो । 

भेटवार्तामा राष्ट्रपति पौडेलले  यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

युआन श्रीलंका भ्रमण सकेर आइतबार नै काठमाडौं आइपुग्नु भएको हो । 

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र

मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो ।