शेरबहादुर राई
ओखलढुङ्गा, असार २८ गते । मोलुङ गाउँपालिकाका १५ जना भूमिहीन सुकुसम्बासीलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष उत्तम राई, उपाध्यक्ष उर्मिला खतिवडा र भूमि आयोग जिल्ला अध्यक्ष पुरुषोत्तम लुइँटेलले गाउँपालिकाको वडा नं. १, ३, ५ र ७ का १५ जना भूमिहीनलाई निस्सा हस्तान्तरण गर्नुभएको हो ।
निस्सा वितरण गर्दै गाउँपालिका अध्यक्ष राईले जग्गा नभएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताएउनुभयो । लालपुर्जा प्राप्तिका लागि पालिकाले आवश्यक सहजीकरण गर्ने अध्यक्ष राईले प्रतिबद्धता जनाउनुभएको छ ।
हालसम्म सुनकोशी र मोलुङ गाउँपालिकाका २० जना भूमिहीन सुकुम्बासीलाई निस्सा हस्तान्तरण गरिएको भूमि आयोगका जिल्ला अध्यक्ष लुइँटेलले बताउनुभयो । अन्य पालिकाहरुका भूमिहीन सुकुम्बासीलाई पनि प्रक्रिया पुर्याएर चाँडै निस्सा हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष लुइँटेलको भनाइ छ ।
ओखलढुङ्गामा एक सयभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेको आयोगको तथ्याङ्क छ ।