• १२ असार २०८१, बुधबार

अर्थमन्त्री महतद्वारा ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा पेस

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत । फाइल तस्बिर

काठमाडौं, असार १५ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको छ। 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उहाँले सो विधेयक पेस गर्नुभएको हो। आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्नु वाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रियसभामा पेस गर्नुपरेको अर्थमन्त्री महतले स्पष्ट पार्नुभयो। 

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न वाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको हो।’

 बुधबार बसेको प्रतिनिधि सभाको बैठक पनि सो विधेयक प्रस्तुत गरिएको थियो।