• १२ मंसिर २०८१, बुधबार

मनसुनमा विपतबाट जोगिने उपाय

blog

यस वर्षको मनसुन १३ जुनबाट सुरु भएको छ । बङ्गालको खाडीबाट पानी बोकेको बादल नेपाल पसेर वर्षा पर्ने समय वा प्रक्रिया मनसुन हो । मनसुनको कारण समुद्रमाथिको ताप सञ्चय गर्ने क्षमता र जमिनमाथिको वायुमण्डलमा ताप सञ्चय गर्ने क्षमतामा हुने फरकको हो । जमिनमाथिको वायुमण्डलमा छोटो समयमा नै तापक्रम बढ्छ । तथापि यो क्रम समुद्रमाथिको वायुमण्डलमा बिस्तारै हुने गर्दछ । समुद्र सतहसँग जोडिएको जमिनको वायुमण्डलको ताप र समुद्रिक वायुमण्डलीय तापक्रममा आएको फरक पनले सिर्जना हुने प्रणालीले तेज गतिको हावाको विकास गर्दछ । एसियन मनसुनको जटिल प्रणालीलाई क्षेत्र अनुसार अरेवियन समुद्रिक प्रणाली तथा बङ्गालको खाडी मनसुन प्रणाली गरी दुई प्रकारमा विभक्त गरिन्छ । नेपालको मनसुन प्रणाली बङ्गालको खाडी प्रणाली अन्तर्गत सिर्जना भई फैलने गर्छ ।

मनसुन हावापानीजन्य पृथ्वी प्रणालीको नियमित प्रक्रिया हो । हरेक ऋतु र वर्षमा मनसुनको क्रिया रहन्छ । विगतको तथ्याङ्क, हालको वायुमण्डलीय स्थिति र तिनीहरूको सैद्धान्तिक आधारको बृहत्तर विश्लेषणले भविष्यको हावापानी जन्य प्रव्रिmयालाई जनाउन सकिन्छ । पछिल्लो समयमा जलवायु परिवर्तनको कारण मौसम र जलवायुजन्य प्रक्रिया भविष्यवाणी झनै कठिन र जटिल बन्दै गएको छ । नियमित र औसत जलवायुजन्य प्रक्रियाको भविष्यवाणी कठिन र अविश्वासी भएको कारण पनि जलवायुजन्य जोखिम र विपत््को बारम्बारतामा वृद्धि हुँदै गएको छ । 

जलवायुजन्य विपत्

नियमित रूपमा प्रकृतिमा हुने गरेका जलवायुजन्य क्रियाकलापले मानवीय सहजतालाई बिगार्ने दैनिक तथा मानवीय क्रियाकलाप त्यही असर पु¥याउने वा मानवीय क्षति गर्ने प्रक्रिया जलवायुजन्य विपत् हुन् । जलवायुजन्य प्रणाली नियमित भए पनि अरू सँगसँगैका अवयवको कारण जलवायुजन्य जोखिम र त्यसबाट सिर्जित विपत् बढ्दै गएको छ ।

नेपालको सन्दर्भमा पनि जलवायु प्रक्रिया आफैँमा जटिल छ । पृथ्वीको सम्पूर्ण जलवायुजन्य प्रक्रियामा बङ्गालको खाडीबाट सिर्जना हुने मनसुन तथा नियन्त्रण हुने जलवायु प्रणालीलाई जटिल प्रकृतिको हुन्छ । नेपालको जलवायु पनि बङ्गालको खाडीद्वारा नियन्त्रित मौसमी प्रणालीभित्र रहन्छ । यो जटिल जलवायुजन्य प्रणाली नेपालमा हुने जलवायुजन्य विपत्को प्रमुख कारक हो ।

नेपालको भू–गर्भ तथा भूगोललाई हिमालयको उत्पत्ति विकासक्रम र स्थितिसँग हेर्नु पर्दछ । नेपाल हिमालय क्षेत्र भित्र पर्ने जटिल भूगोल तथा भू–गर्भ भएको स्थान हो । यहाँको भू–गर्भलाई कलिलो जोखिमयुक्त संवेदनशील र विकासक्रममा रहेको छ भन्ने गरिन्छ । जलवायुजन्य विपत्को अर्को महìवपूर्ण कारक बिना योजना विकास भएको बस्ती, पूर्वाधार विकास र मानवीय क्रियाकलाप हुन् । प्रकृतिक र भौगोलिक रूपमा जोखिमयुक्त स्थानमा मानवीय क्रियाकलापको विकास गर्दा आउनसक्ने, पर्न सक्ने जोखिमको राम्रो विश्लेषण गर्नु पर्छ । नेपालको भूगोलभित्र छ हजारभन्दा बढी खोला, नदी छन् । हिमालय क्षेत्रबाट उत्पत्ति भएका महाभारत क्षेत्रबाट उत्पत्ति हुने र मनसुन र वर्षाको समयमा आउने भलयुक्त खोला गरि तीन प्रकारका नदी तथा खोला भनी विभाजन गरिएको छ । मानिसको आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुने गरी नदी किनारामा बसाइएका बस्ती उच्चतम भिरालो क्षेत्रमा बसाइएका बस्ती र भौगोलिक रूपमा उच्च जोखिम क्षेत्रमा बसेको बस्ती नै मनसुन र वर्षाको समयमा उच्च जोखिममा पर्दछन् । मूल रूपमा जलवायुजन्य विपत्को कारण यी र यस्तो हुन तथापि यो र यस्ता जोखिमलाई व्यस्वस्थित गर्न, घटाउन मानवीय विकासमा जोखिम विपत्लाई व्यवस्थापन गर्न विशेष विपत् व्यवस्थापना संयन्त्र, र प्रणालीलाई अवलम्बन गर्नु पर्दछ । 

भू–क्षय तथा पहिरो

भौगालिक रूपमा भिरालोपना भएको क्षेत्रमा अत्यधिक वर्षा भएको खण्डमा माटोमा पर्ने चाप र तौलको कारण माटो ढुङ्गाको भाग छुट्टिएर जाने प्रक्रिया पहिरो हो । सामान्यतया मनसुन र वर्षाको समयमा भू–क्षय र पहिरो भौगोलिक क्रियाकलापको रूपमा नियमित प्रक्रिया हुन । तर जब पहिरोले मानवीय व्रिmयाकलाप भएको स्थानमा असर पु¥याउँछ यो विपत् हो । नेपालको मनसुन तथा वर्षाको समयमा भू–क्षय र पहिरोको कारण हुने मानवीय क्षति र अन्य क्षति सर्वाधिक हुने गरेको छ । गृह मन्त्रालय स्रोतको अनुसार वार्षिक रूपमा सयभन्दा बढीको मृत्यु हुने गरेको छ । यो मानवीय क्षतिबाहेक अन्य क्षतिको तथ्याङ्क अत्यधिक छ । 

बाढी

पहाडी क्षेत्र पहिरो र भू–क्षयको चपेटामा परे जस्तै तराईको समथर भू–भाग प्रायः बाढीको चपेटामा पर्दछ । बाढी र बाढीजन्य मानवीय क्षति पनि एक सय वा त्योभन्दा बढी वार्षिक रूपामा देखिन्छ । समथर भू–भाग बर्सेनि बाढीबाट ग्रस्त हुने गरेको छन् । अत्यधिक वर्षा तथा अव्यवस्थित बसोबास तथा ढल र पानीको उचित निकास नभएको अवस्थामा यस्तो बाढी र बाढीजन्य क्षति अत्यधिक रहन्छ ।

नेपालको १५ प्रतिशत भू–भाग, तराईको समथर भू–भाग र ६८ प्रतिशत भू–भाग पहाडी क्षेत्र भएको हुनाले वार्षिक रूपमा हुने मानवीय तथा अन्य क्षति पहाडी क्षेत्रमा हुने पहिरो र भू–क्षयबाट बढी हुने गरेको छ । जलवायुजन्य पहिरो बाढी र भू–क्षयको प्रमुख कारक अत्यधिक वर्षाको कारण हुने गर्दछ । २४ घण्टामा पर्ने पानीको मापन गरी यसको पूर्वानुमान गरिन्छ । यसबाहेक बाढीको कारण हिमताल तथा तालहरू फुट्नाले आउने बाढी पनि मानवीय तथा अन्य क्षति हुने गरेका छन् । हिमताल तथा तालजन्य अन्य विस्फोट बढ्दो बारम्बारतामा छ । यसको मूल कारण जलवायु परिवर्तन र त्यसबाट सिर्जित अन्य असर हुन् ।

यसबाहेक जलवायुजन्य अर्को विपत् अनावृष्टि हो । अनावृष्टिको कारण मानवीय कम कृषिजन्य तथा अन्य क्षति थोरै हुने गर्दछ । पूर्ववत् इतिहासले अनावृष्टिको कारण मनसुनमा भर पर्ने गरेको खेती प्रणाली र कृषि उत्पादनलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । मनसुनजन्य विपत्को प्रत्यक्ष वा परोक्ष रूपमा अन्य विपत् पर्दछन् ।

सन् २०१९ मा नेपालमा प्राकृतिक विपत्तिबाट मृत्यु भएका मध्ये ८९ जनाको मृत्यु चट्याङको कारण भएको थियो । चट्याङबाट नियमित रूपमा औशत हरेक वर्ष सय जनाको मृत्‍यु भएको पाइन्छ । चट्याङ नेपालको प्राकृतिक विपत्तिको रूपमा महत्वपूर्ण क्षतिको कारक बनेको छ । वर्षाको समयमा र पानी परेको वा वायुमण्डलमा कालो बादलको गति अत्यधिक भएको समयमा चट्याङ पर्ने गरेको पाइन्छ । वायुमण्डलमा नियमित रूपमा हुने यस्तो विद्युतीय प्रवाह तब मात्र क्षतिको कारण बन्छ जब यो जमिनसम्म आइपुग्छ । वायुमण्डलमा उत्सर्जित भएको विद्युतीय प्रवाह जमिन वा बस्तीसम्म आएपछि त्यसको कारणले नै क्षति पु¥याउँछ ।

मनसुनजन्य विपत्बाट बच्ने उपाय 

करिब चार महिना चल्ने मनसुनमा ८० प्रतिशतभन्दा बढी पानी पर्ने र भौगोलिक भौगर्भिक रूपमा कच्चा र जलवायु परिवर्तनको जोखिमको हिसाबमा विश्वकै चौथो खतरापूर्ण छ । विपत् न्यूनीकरण गर्न पहिलो प्राथमिकता व्यवस्थित र सुरक्षित बसोबास हो । बस्ती विकासलाई योजनाबद्ध गरी खतराजन्य क्षेत्र पहिचान गर्नु पर्दछ । पहिचान गरिएको खतराजन्य क्षेत्रमा कानुनी रूपमा नै बस्ती र मानवीय क्रियाकलापलाई पूर्णतः रूपमा बन्देज गर्नु पर्छ । सुरक्षित र व्यवस्थित बस्ती विकास योजनाले प्राविधिक भौगोलिक भौगर्भिक वातावरणीय रूपमा योग्य स्थानको खोजी गर्नु पर्दछ । पहिचान गरिएको स्थानलाई वैज्ञानिक रूपमा विकास गर्ने योजना ल्याउनु पर्दछ । भनेको, सुनेको वा राम्रो हुन्छ भन्ने जस्ता प्रक्रियाले सुरक्षित बस्ती विकास हुन सक्दैनन् । कानुनी रूपमा बलियो प्रणालीको विकास गर्नु पर्दछ । जसले सरकारी संयन्त्रले परिभाषित गरेको क्षेत्रमा मात्रै बस्ती र मानवीय क्रियाकलापलाई विकास गर्न सकोस् । त्यस कारण मात्र बस्तीलाई व्यवस्थित बनाउन सम्भव रहन्छ । अन्यथा वा सामान्य तरिका वा सुझावले बस्तीलाई व्यवस्थित र सुरक्षित विकास गर्न सकिँदैन ।

यो बस्ती विकासमा सुरक्षित र व्यवस्थितको अवधारणा सहज रूपमा पहिचान गर्न सकिन्छ । विपत्का लागि सम्भावित क्षेत्र पहिचान गरी खतराजन्य क्षेत्रको नक्साङ्कन गर्ने र सो नक्सालाई सर्वसाधारणसम्म सहज तरिकाले उपलब्ध गराउने व्यवस्था गरी सुरक्षित बस्ती विकासका लागि प्राथमिकीकरण गर्ने व्यवस्थापन गराउन सक्नु पर्दछ । 

नेपालको परिप्रेक्षमा बाढी, पहिरो तथा उच्च वर्षाको कारण जनधनको क्षति नै धेरै छ त्यसकारण पनि नदी किनराका तथा अन्य जोखिमपूर्ण स्थानका बासिन्दा नै यो जोखिमबाट धेरै प्रभावित हुने गरेको पाइन्छ । नदीको नियमित रूपमा मापन गरी त्यसको जानकारी गराइ उपल्लो तटिय क्षेत्रमा मापन गरी तल्लो तटिय क्षेत्रमा पूर्वसूचना पु¥याएर धेरै जनधनको क्षतिलाई रोक्न सकिन्छ । यसै गरी मौसम पूर्वनुमानलाई चुस्त र दुरुस्त बनाइ भारी मात्रामा हुन सक्ने वर्षा तथा त्यसबाट सम्भावित पहिरो तथा बाढीबाट हुने क्षति कम गर्न सकिन्छ । चट्याङलाई पनि नियमित अनुगमन गरी धेरै चट्याङ पर्न सक्ने स्थानमा सुरक्षित रहन सक्ने उपायहरू अवलम्बन गर्नु पर्दछ । त्यसको साथसाथै सामुदायिक तथा सबै क्षेत्रमा विपत्सम्बन्धी जानकारी र बच्ने तरिकालाई यथासम्भव सचेतना जानकारी हुनु पर्दछ । यस कारण पनि जलवायु जन्य विपत्को अवस्था र बारम्बारता दिनानुदिन बढ्दो क्रममा छ । यसलाई घटाउने र हटाउने कार्यलाई महत्वका साथ राज्य तथा हरेक नागरिक सचेत हुनु जरुरी छ । 

लेखक पोखरेल वातावरणविद् हुनुहुन्छ । 

  

Author

नवराज पोखरेल