• २० असोज २०८१, आइतबार

नदीले बगाएर ईन्जिनियर बेपत्ता

blog

कोकिला भण्डारी 

धनकुटा, असार ९ गते । जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ दिलुङटारमा शुक्रबार अपराह्न तमोर नदीले बगाएर एक इन्जिनियर बेपत्ता हुनु भएको छ । बेपत्ता हुनेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मीमार्ग निवासी २३ वर्षीय सिद्धार्थकुमार खत्री रहेको प्रहरीले जनाएको छ । 

मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा दिउँसो करिब साढे ३ बजे उहाँ चिप्लिएर नदीमा झरेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ईन्जिनियर  गत मंगलबार ६ जना साथीहरुसँग मात्र प्रयोगात्मक अभ्यासका लागि धनकुटा पुग्नु भएको थियो । ईन्जिनियर खत्री काठमाडौंको थापाथली क्याम्पसमा अध्ययनरत छात्र हुनुहुन्छ । नदी किनारमा ढुंगामाथि चढेर नापजाँचको क्रममा खत्री चिप्लिँदा बगाएको प्रत्यक्षदर्शी सुप्रिया जोशीले प्रहरीलाई जानकारी दिनुभएको हो । जोशीसहितको समूह प्रयोगात्मक अभ्यासका लागि पुल निर्माणस्थलमा हुनुहुन्थ्यो । 

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजतलास गर्दा पनि उहाँलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।