• २० असोज २०८१, आइतबार

दुई महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

blog

उदयपुर सिमेन्ट उद्योग ।

उदयपुर, असार ७ गते । उदयपुर जिल्लाको त्रियुगा नगपालिका –५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग दुई महिनापछि बुधबार पुनः सञ्चालनमा आएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार बस्नेतले बताउनुभयो ।

बुधबार बिहान ७ बजेदेखि उद्योग सञ्चालनमा आएको र अब नियमित उत्पादन र बजारीकरण जारी रहने अध्यक्ष बस्नेतले बताउनुभयो । दुई महिनासम्म उद्योग बन्द हुँदा २० करोडभन्दा बढी घाटा व्यहोर्नु परेको पनि अध्यक्ष बस्नेतले बताउनुभयो । रासस