• १२ मंसिर २०८१, बुधबार

नसर्ने रोगको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह

blog

काठमाडौं, असार ६ गते । सरकारले नसर्ने रोगहरूको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (बुधबार) सूचना जारी गर्दै मुटुरोग, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगहरूको जोखिम कम गर्न र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ ।

त्यसका साथै मन्त्रालयका अनुसार मन र शरीर तथा विचार र कार्यको एकतालाई मूर्त रूप दिन, दैनिक जीवनमा सन्तुलित मनोवृत्ति कायम राख्न, रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न पनि योग आवश्यक छ ।

मन्त्रालयका अनुसार योग स्वास्थ्य जीवन र आरोग्यताका लागि  गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योग व्यायाम मात्र नभई योगले स्वास्थ्य जीवनशैली अपनाउन प्रोत्साहन गर्दछ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ ।