• २० असोज २०८१, आइतबार

बाढीबाट पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुग्यो

blog

पहिरोका कारण क्षतिगस्त पाँचथरको फालेलुङ गाउँपालिस्थित सर्वसाधारणको घर । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, असार ६ गते । 
असार २ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुगेको छ ।

पहिरोका कारण ९५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले बाढीले घर बगाउँदा ४४७ जना विस्थापित भएको बताउनुभयो ।

विस्थापित हुनेमा सबैभन्दा धेरै याङवरक र फालेलुङ गाउँपालिकाका नागरिक हुन् । असार ३ गते मध्यरातमा आएको बाढीका कारण जिल्लामा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

पहिरोका कारण जिल्लाका विभिन्न पुलमा लगाएका १५ वटा पुलमा क्षति पुग्नका साथै तीन वटा विद्युत कम्पनीमा बिजुली उत्पादन ठप्प भएको छ । बाढीले हेवा र तमोर खोलाका पुल बगेका कारण राहत र उद्धारमा समेत कठिनाइ भइरहेको छ ।