• ११ असोज २०८१, शुक्रबार

फिदिममा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

blog

फिदिममा आयोजित योग दिवसमा सहभागी माझ अभ्यास गर्दै साधक शङकर आङदेम्वे । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल
पाँचथर, असार ६ गते ।
 पाँचथर सदरमुकाम फिदिममा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय पाँचथर र पतञ्जलि योग समितिले बुधबार संयुक्त रूपमा यो दिवस मनाइएको हो ।

बिहान ४ बजेदेखि सुरु भएको कार्यक्रममा ६९ योग अभ्यास गर्नका साथै नियमित योग ध्यान र प्राणायामका फाइदाका विषयबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्य चिकित्सा, योग अभियन्ताहरू प्रशासक र जनप्रतिनिधि सहभागी हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय योग दिवस प्रत्येक वर्षको जुन २१ का दिन मनाउने गरिन्छ ।