• १३ मंसिर २०८१, बिहिबार

गुणादी पहिरो : थप एक घाइते मजदुरको मृत्यु

blog

अमरराज नहर्की
तनहुँ, असार ५ गते । 
तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार पहिरोमा परी घाइते भएका मजदुरमध्ये थप एक मजदुरको मृत्यु भएको छ ।

उदयपुर जिल्लाको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राईको मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खानले जानकारी दिनुभयो ।  यस अघि झापा जिल्लाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेलको सोमबार साँझ नै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार पृथ्वीराजमार्गको सडक विस्तारअन्तर्गत मुग्लिङ पोखरा सडक खण्डमामा क्रममा सडकको टेवा पर्खाल लगाउने काम गरिरहेका बेला पहिरोमा तीन जना पुरिनु भएको थियो ।

पुरिनु भएकामध्ये दुई जनाको मृत्यु भएको हो । अर्का घाइतेको झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देलको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ  । टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्दा सोही सडक निर्माणको काम गरी रहेका बेला तीनै जना घाइते हुनु भएको थियो ।

पहिरोले पुरी तीनै जना घाइते भएकोमा तत्काल उद्धार गरी रत्नहरि मेमोरियल अस्पताल दमौलीमा पुर्‍याइएको थियो । त्यही उपचारको क्रमममा भुजेलको मृत्यु भएको र राईको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस

पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते