• ७ जेठ २०८१, सोमबार

पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

blog

अमरराज नहर्की

तनहुँ, असार ५ गते । पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका –१ माथिल्लो गुणादीमा सोमबार साँझ ५:५० बजे पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमामा काम गर्ने एकको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

झापा  जिल्लाको  शिवशताक्षी नगरपालिका –७ बस्ने वर्ष ३३ को भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाडले जानकारी दिनुभयो । यसै गरी सोही ठाउँ निवासी  वर्ष ४५ को कृष्ण लिङदेलको घाइते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । उदयपुर जिल्लाको कटारी न.पा–७ बस्ने वर्ष ४० को बल बहादुर राई घाइते हुनु भएको उहाँको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ  । टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका बेला तिनै जना घाइते हुनु भएको थियो ।

पहिरोले पुरी तीनै जना घाइते भएकोमा तत्काल उद्धार गरी रत्न हरि मेमो रियल अस्पताल दमौलीमा पुर्‍याई उपचारको क्रममा भुजेलको मृत्यु भएको प्रनाउ खाँडले जानकारी दिनुभयो । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।