• ४ वैशाख २०८१, मङ्गलबार

राष्ट्रिय सभाको बैठक ३ बजे बस्ने

blog

काठमाडौं, जेठ २२ गते । राष्ट्रिय सभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश दिउँसो ३ बजे बस्ने भएको छ ।

संसद् भवनमा टाँस गरिएको  सूचनामा सभाको आज (सोमबार)को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सार्वजनिक महत्त्वका विषयमा जानकारी गराउने कार्यसूची थियो ।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नोत्तरमा व्यस्त रहनुभएकाले राष्ट्रियसभाको बैठक सारिएको हो । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले  दिउँसो २ बजे सूचना टाँस गरी बैठक ३ बजे बैठक बस्ने जानकारी गराउनुभएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । रासस