• १६ चैत २०८०, शुक्रबार

स्वादिलो जु जु धौ (दही)

blog

मानस पहिजु 

कक्षाः ७, जेन्युइन सेकेन्डरी स्कुल

देकोचा–६, भक्तपुर 

भक्तपुर दहीका लागि प्रख्यात छ ।  दहीलाई नेपाल भाषामा धौ भनिन्छ । जु जु भन्नाले राजालाई बुझाउँछ । दहीमा पनि एकदम मीठो र विशेष दहीलाई जु जु धौ भनिन्छ । भक्तपुरको जेला टोलमा सबैभन्दा पहिला जु जु धौ बनाइएको थियो । भक्तपुरका सैजु तथा दुवालहरूले  जु जु धौ बनाउने पेसा गर्दै आएका छन् । पर्यटकहरू भक्तपुरमा जु जु धौ खान आउँछन् । जु जु धौ बनाउन हामीलाई निम्न कुरा आवश्यक पर्दछन् ः दुध, चिनी, ल्वाङ, सुकुमेल, भुस, सिरक, माटोको भाडो । 

जु जु धौ बनाउन पहिला दूधलाई भाडामा राखी उमाल्ने त्यसपछि दूधलाई ठिक्कको आगोमा राखेर पकाउने र त्यसलाई बीचबीचमा चलाउनुपर्छ । यसरी पकाउँदै गरेको दूधमा  ल्वाङ, सुकुमेल, चिनी आदि हालेर दूधलाई आधा बाँकी हुने गरी पकाउने र त्यसलाई अलि चिसो बनाउने । त्यसपछि भुस ओछ्याएर त्यसको माथि दही जमाउने भाँडो राख्ने र विस्तारै त्यस भाँडोमा अघिको मनतातो दूध हाल्ने । यति गरेपछि दहीलाई जम्नको लागि बिउ दही थोरै हाली राम्ररी चलाउने । 

यसो गर्दा दही छिटो तयार हुने गदर्छ । त्यसपछि दही जमाउने भाडोको बिर्को लगाएर त्यसलाई सिरकले राम्रो सँग छोप्ने पाँच÷छ घण्टामा दही तयार हुन्छ । यसरी तयार पारिएको दही स्वास्थ्यका लागि निकै लाभदायक छ । यसले पेटसम्बन्धी विभिन्न रोग निको पार्ने गर्दछ । नेवार समुदायमा यसको विशेष महìव रहेको छ । 

हरेक पूजापाठ, विवाह, व्रतबन्ध, इत्यादिमा दहीलाई स्वग्नका रूपमा प्रयोग गर्ने गरिन्छ । भोजको अन्त्य पनि दही खाएपछि मात्र हुन्छ ।  भक्तपुर आउने जो कोही पनि जु जु धौ खान रुचाउँछन् । भक्तपुर कला संस्कृतिको जीवन्त सङ्ग्रहालय हो  । यसमा पनि भक्तपुरको पहिचानका रूपमा जु जु धौले सुनमा सुगन्ध थपेको छ । हाम्रो संस्कृतिलाई बचाउनु युवा पुस्ताको कर्तव्य हो ।