शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवराज नेपाली
बागलुङ, मंसिर १८ गते। बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दुईको अवस्था चिन्ताजनक छ।
बरेङदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।
जीप चालक र एक यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल पठाइएको प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो।