• १४ वैशाख २०८१, शुक्रबार

समा र शिशिरलाई उपाधि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ५ गते । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’ को उपाधि  शिशिर वाग्ले र समा पराजुलीले प्राप्त गर्नुभएको छ । सनुर्भी इन्टरनेसनल प्रालिले आयोजना गरेको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ भने प्रज्वल ताम्राकार घोषित हुनुभयो । 

प्रतियोगितामा ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’ तर्फ साइरस विश्वकर्मा र सरोजी न्यौपाने उपविजेता, मिलन भट्टराई र सम्पदा घिमिरे द्वितीय र अङ्कित कातिला र सुम्निमा खापुङ लिम्बू तृतीय हुनुभयो । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिनुभयो । 

‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथमेश मौलिङ्गकारले सहभागी सम्पूर्णको भविष्य उज्ज्वल देखेको बताउनुभयो । उहाँले भन्नुभयो, “म एक सातादेखि नेपालमा छु ।

प्रतियोगीको लगनशीलता र मेहनत देखेर प्रभावित भएको छु ।” कार्यक्रम आयोजक डा सन्तोष उपाध्यायले आफैँ ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाका लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुवात गरेको जानकारी दिनुभयो । प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखराबाट एक सय ७० जना छनोट भएका थिए ।