• १० मंसिर २०८१, सोमबार

अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्व गृहमन्त्रीबिच भेटवार्ता

blog

काठमाडौं, वैशाख २५ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एवम् नेपाल भियतनाम मैत्री सङ्घका अध्यक्ष एचआर ट्रान आन तुआन बिच शिष्टाचार भेटघाट भएको छ । 

अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबिच  अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान  शिष्टाचार भेटघाट भएको हो । भेटघाटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदान प्रदान गनेँ विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरूबिच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिँदै दुई देशबिचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताउनुभयो ।

बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध विकास हुने विश्वास पनि व्यक्त गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउनुहुँदै दुवै देशका बिचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गर्नुभयो । नेपालले भियतनामबाट मसला (मरीच), ताजा तथा सुकाइएका फलफूल, माछा, मासु आयात गर्छ भने  नेपालले भियतनामतर्फ मासु र कुकुर र बिरालोको खाना निर्यात गर्दै आएको छ । अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशक अघि लागु गरिएका आर्थिक सुधारका कदमहरूको फलस्वरूप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धि प्रति खुसी पनि व्यक्त गर्नुभयो । 

सो भेटमा पुर्वगृहमन्त्री तुआनले बौद्ध जन्मस्थल धेरै भियतनामीका लागि पवित्र स्थलको रूपमा रहेको उल्लेख गर्दै सिधा हवाई सेवा सुचारु गर्न  तथा व्यापार घाटा घटाउनका लागि पनि पहल गर्ने बताउनुभएको थियो ।