• १२ असोज २०८१, शनिबार

माग पूरा नहुन्जेलसम्म धर्ना जारी राख्छौँ : मिटरब्याज पीडित

blog

मिटरब्याज पीडित । फाइल तस्बिर

काठमाडौं, वैशाख २२ गते । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।

काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् ।

उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याज पीडतले राजनीतिक रुपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताउनुभयो । उहाँले यी सबैकुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताउनुभयो ।

अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पूर्जि रोक्नुपर्ने माग आफूहरुको रहेको बताउनुभयो ।

उनीहरुले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताउनुभयो ।