• १४ असार २०८२, शनिबार

सप्तरीमा हत्या गरी फरार अभियुक्त सुनसरीबाट पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), असार १४ गते ।
सप्तरीमा एक जना युवकको घाँटी रेटेर हत्या गरी फरार रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

डाक्नेश्वरी नगरपालिका–८ घर भएका ३२ वर्षीय राजकुमार खंगको बिहीबार हत्या भएको  थियो । राजकुमारको हत्या गरि फरार भएको आरोपमा सोही नगरपालिका–९ की २१ वर्षीया तुलसी देवी सरदारलाई सुनसरीको इनरुवा नगरपालिका– ९ स्थित बबियाबाट प्रहरीले पक्राउ गरेको हो ।

सरदारलाई सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरी सप्तरी ल्याइ शुक्रबार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

सरदारको साथबाट मृतक राजकुमारले प्रयोग गर्ने गरेको मोबाइल र हत्यामा प्रयोग भएको चक्कु फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

बिहीबार घाँटी तथा छातीमा धारिलो हतियार प्रयोग गरी राजकुमारको हत्या गरेर फालिएको अवस्थामा डाक्नेश्वरी नगरपालिका ८ र राजगढ गाउँपालिकाको बिच सिमामा पर्ने लवका पोखरी किनारमा शव फेला परेको थियो ।