• २८ पुस २०८१, आइतबार

नेपाल र साउदीको खेल वर्षाले प्रभावित

blog

काठमाडौं, वैशाख ११ गते । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित बनेको छ । सोमबार ९:०० बजेदेखि मूलपानी मैदानमा सुरु हुनुपर्ने खेल वर्षाका कारण टस समेत नभई रोकिएको छ ।

समूह ‘ए’ अन्तर्गतको यस खेलमा नेपाल साउदीलाई हराएर सेमिफाइनलमा पुग्ले लक्ष्यमा छ । अघिल्ला दुई खेलमा जित निकालेको नेपाल चार अङ्कसहित समूहको शीर्षस्थानमा छ ।

समूहमा साउदी पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्ने दाउमा छ । नेपाल र साउदीबीच यसअघि एक खेल भएको थियो । सन् २०१२ मा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसीसी एलिट ट्रफीमा नेपालले साउदी अरबलाई नौ विकेटले पराजित गरेको थियो ।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । 

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।