• १२ मंसिर २०८१, बुधबार

बालबालिकालाई लगाउने ७९ प्रतिशत बीसीजी खोप खेर गयो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, बैशाख १ गते । बालबालिकालाई जन्मनेबितिकै लगाउने ७९ प्रतिशत बीसीजी खोप खेर गएको पाइएको छ। महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा बीसीजी खोप ७९ दशमलव ३ प्रतिशतसम्म खोप खेर गएको पाइएको हो। त्यस्तै, रोटातर्फ न्यूनतम ७ दशमलव ६ प्रतिशतसम्म खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ। 

खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सञ्चालन नभएकाले प्राप्त भएको खोपमध्ये रोटातर्फ न्यूनतम ७.६ प्रतिशत र बीसीजी ७९.३ प्रतिशतसम्म खोप खेर गएको प्रतिवेदनमा जनाइएको छ । दातृ निकायबाट अनुदानमा प्राप्त तथा विभागबाट खरिदगरी नेपाल सरकारले निःशुल्क रुपमा विभिन्न १३ प्रकारका खोप लगाउँदैआएको छ ।