• २६ वैशाख २०८१, बुधबार

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

blog

पर्वत, चैत २८ गते । आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारण सभाले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । 

कम्पनीको पुँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधारणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारण सभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

कम्पनीको अधिकृत पुँजी दुई अर्ब रहेको छ भने जारी पुँजी एक अर्ब ५० करोड रहेको छ । कम्पनीमा संस्थापक शेयर पुँजी ७८ प्रतिशत रहेको छ । आरकेडी  होर्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिजम लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ ।

पञ्चासे केबुलकार एन्ड टुरिजम लिमिटेडमार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार लिमिटेडमार्फत तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ । रासस