• १५ वैशाख २०८१, शनिबार

प्रख्यात सहर जयपुर

blog

कतिपय साथीहरूलाई NCC का बारेमा थाहा नहुन पनि सक्छ ।  NCC भनेको ल्बतष्यलबNational Cadet Corps  हो । यसलाई नेपालीमा ‘राष्ट्रिय सेवा दल’ भनिन्छ । नेपाल सरकारले यसको सञ्चालनको जिम्मा नेपाली सेनालाई दिएको छ । यसमा सैनिक सेवाको आधारभूत तालिम तथा ज्ञान प्रदान गरिन्छ । यस्तो तालिमको अवसर देशभरिका सबै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पाउँदैनन् । म अध्ययनरत विद्यालय (वागीश्वरी मावि च्याह्मासिंह, भक्तपुर) NCC  का लागि छनोट भएको हुँदा मैले गत वर्ष नै आफ्नै विद्यालयको प्राङ्गणमा सञ्चालित ३५ दिने तालिम लिने अवसर पाएको थिएँ । 

त्यसपछि महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको ब्यारेकमा १६ दिने सामूहिक क्याम्पसहितको तालिम पनि पूरा गरेँ । यसै तालिमका आधारमा नेपालभरिका क्याडेटहरूमध्ये उत्कृष्ट १६ जनाभित्र छनोट भई गत १५ जनवरीदेखि ३० जनवरीसम्म भारतमा भएको Youth Exchange Programme (YEP) अर्थात् युवा आदानप्रदान कार्यक्रममा मैले पनि भाग लिने अवसर पाएँ । उक्त कार्यक्रममा विश्वभरिका १९ राष्ट्रका क्याडेटको सहभागिता थियो । 

भारतमा भएको पछिल्लो कार्यक्रममा सहभागी हुन पाएपछि त ममा थप ऊर्जा थपिएको महसुस भएको छ । यसबाट खासगरी मैले, समयको सदुपयोग र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा सिक्न पाएँ । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार हामी १६ जना क्याडेट र दुई जना सैनिक अधिकारीसहित जम्मा १८ जनाको टोली, हवाईजहाजद्वारा १५ जनवरीका दिन दिउँसै दिल्ली पुग्यौँ । भव्य, आधुनिक र भीडभाडयुक्त सहर दिल्लीले मलाई तुरुन्तै आकर्षित ग-यो । अन्य राष्ट्रका सहभागी पहिल्यै पुगिसकेका रहेछन् । त्यहाँ हामीलाई उच्च सम्मान र सुविधाका साथ फाइभ स्टार होटलमा राखियो । सहभागी साथीहरूबीच परिचय गरियो । साथसाथै कार्यक्रमको तालिका पनि अवगत गराइयो । 

१६ जनवरीका दिन हामीलाई एनसीसी मुख्यालय लगियो । त्यहाँ हामीले डाइरेक्टिङ जनरलसँग भेटघाट र सामान्य कुराकानी गर्ने अवसर पायौँ । त्यही दिन भारतको ७४औँ गणतन्त्र दिवसको भव्य कार्यक्रममा सहभागी हुने मौका पनि मिल्यो । १७ जनवरीका दिन हामीलाई दिल्लीबाट २८१ किमि टाढा राजस्थानमा पर्ने प्रख्यात सहर जयपुर भ्रमणका लागि लगियो । ठूलो बसबाट गरिएको यात्रा रोमाञ्चक थियो । 

गएको दिन केही घण्टा र भोलिपल्ट दिनैभरि आकर्षक सहर जयपुर घुमियो । त्यस क्रममा त्यहाँका विभिन्न ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरू अवलोलन गर्दा समय बितेको पत्तै भएन । हेर्नु/घुम्नुपर्ने ठाउँहरू धेरै थिए होलान् तर हाम्रो समय धेरै थिएन । त्यसैले १९ जनवरीका दिन हामी उत्तर प्रदेशको आगरा गयौँ । त्यहाँ हामी, अद्भुत संरचना ताजमहल हेरेर रमायौँ र भोलिपल्टै दिल्ली फर्कियौँ । 

२१ जनवरीका दिन हामीले अम्बर किल्लालगायत दिल्लीका महìवपूर्ण स्थलहरू भ्रमण गरेर बितायौँ । २२ जनवरीका दिन दिल्लीस्थित एनसीसी मुख्यालय गयौँ । त्यहाँ भारतका क्याडेटहरूद्वारा सांस्कृतिक नाच देखाइयो । अन्य देशका सहभागीहरूले पनि आफ्नो देशका बारेमा प्रस्तुतीकरण दिए अनि सांस्कृतिक नाचहरू पनि भव्य रूपमा देखाए । 


विशाल सहर दिल्लीमा हेर्न घुम्न लायकका ठाउँहरू धेरै रहेछन् । हामी त्यहाँ रहँदाका दिनहरूमा केही सङ्ग्रहालयहरूको अवलोकन ग-यौँ । स्वामी नारायणको मन्दिर अवलोकन ग-यौँ । अत्यन्त आकर्षक र उच्च व्यवस्थापनसहितको त्यो मन्दिरका स्वामी नारायणको जीवन कथा एआई (Artificial Intelligence) ले पो खराखरी बताउँदो रहेछ ! 

हाम्रा अन्य रमाइला र उल्लेखनीय कुरामा हामीले भारतका प्रधानमन्त्री नरेन्द्रनाथ मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग समेत भेटघाट गर्ने अवसर पायौँ । मुख्य कुरा, २८ जनवरीका दिन हामी नेपालका तर्फबाट सहभागी भएका क्याडेटहरूले शानदार मार्च पास गरी देशको इज्जत र शान उच्च राख्न सफल भयौँ । यसरी निर्धारित कार्यक्रम समाप्त गरी हामी ३० जनवरीका दिन हवाईजहाजबाटै स्वदेश फक्र्यौं । भोलिपल्टैदेखि नियमित विद्यालय गएर विषय शिक्षकहरूसँग सम्पर्क गरी छुटेका पाठहरू पढ्न र अभ्यासहरू गर्न थालेको छु ।  

एनसीसीले मेरो जीवनमा ठूलो प्रभाव पारेको छ । अझ, भारतमा भएको पछिल्लो कार्यक्रममा सहभागी हुन पाएपछि त ममा थप ऊर्जा थपिएको महसुस भएको छ । यसबाट खासगरी मैले समयको सदुपयोग र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा सिक्न पाएँ । सहभागी अन्य साथीलाई पनि यस्तै अनुभव भएको हुनुपर्छ । 

NCC ले युवाहरूमा जोश, जाँगर र नेतृत्व क्षमताको विकास गराउँछ । उनीहरूलाई स्वयंसेवकका रूपमा तयार पार्छ र उनीहरूमा देशभक्तिको भावना पनि बढाउँछ । एक जना NCC क्याडेट हुन पाएकोमा म ज्यादै गौरवान्वित छु ।