• ४ वैशाख २०८१, मङ्गलबार

चलचित्र ‘हुक्का’ प्रदर्शन हुँदै

blog

काठमाडौँ, चैत ७ गते । चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गते प्रदर्शन हुने भएको छ । यसअघि चैत ३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्राविधिक काम नसकिएकाले प्रदर्शन मिति सारिएको निर्माण पक्षले जनाएको छ । 

शम्भु थापाको निर्देशन रहेको चलचित्रमा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विकलगायतको अभिनय छ ।

चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र सङ्गीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बाँस्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायाङ्कन छ ।

रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता रहनुभएको छ । चलचित्रको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।