• ३० वैशाख २०८१, आइतबार

डोटीमा जीप दुर्घटना हुँदा चार घाइते, दुई गम्भीर

blog

डोटीमा जीप दुर्घटना । तस्बिर : केशवचन्द्र महरा

केशवचन्द्र महरा
दिपायल, फागुन ३० गते ।
डोटीमा जीप दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।  जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दिपायलबाट सिलगढी जाँदै गरेको शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको सुपप्र ०१ ००१ ज १२५९ नम्बरको जीप र सुपप्र ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

उहाँका अनुसार मङ्गलबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टङ्ककुमारी उपाध्याय, ६५ वर्षीया धौलीदेवी विष्ट र सोही ठाउँकी दुर्गादेवी विष्ट घाइते हुनुएको हो ।

त्यस्तै, मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका–६ का विष्णु बोहरा पनि घाइते हुनुभएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।