धोबिनी नानीले आफ्ना साना दुई सन्तानलाई सँगै राखेर स्वस्थानी पढ्न सुरु गरी । स्वस्थानीको पुस्तक पूजा गरी, पुष्पाञ्जलि पनि लिई उसले जे जाने कि छ तेही गरी श्रद्धापूर्वक ढोगी ।
स्वस्थानी पढ्दै गई । सानी बच्चीले पनि आमाले पढेको सुनिरही । अनि बच्चीले आमालाई सोधी– आमा आमा ! नवराज खोलामा नुहाएर स्वस्थानी माताको प्रसाद लगाउँदा राजा हुने अवसर पाएका रहेछन् ।
मलाई पनि आमाले स्वस्थानी देवीको प्रसाद लगाइदिनोस् है । म पनि न त विद्यादेवी भण्डारीपछि राष्ट्रपति हुन पाउँछु नि है आमा ।
आमाले छोरीको कुरा नसुनेझैँ गरी पढी रही । अध्याय सकिएपछि सानी छोरीले सोही कुरा दोहो-याइ । आमाले जवाफ दिई– त्यसो हैन छोरी, देउताको पालामा त्यस्तो हुन्थ्यो । अहिले त राजनीतिमा नलागेको मान्छे राष्ट्रपति हुन पाउँदैन ।
मानिसले नहुने नपत्याउने कुरा पनि पढेर बस्ने हो त ? हाम्रो कक्षामा त गुरु गुरुमाहरूले भन्नु
भाको नि... हामीले पढेको कुरा सिकेको कुरा राम्रा छन् भने व्यवहारमा उतार्दै जानु पर्छ रे यदि नराम्रा कुरा छन् भने त्यसलाई बिर्सिदिनु राम्रो हुन्छ पो भन्नुभएको थियो ।
यसरी छोरीले फेरि भनी, उसो भए यो स्वस्थानी पुस्तक किन पढ्ने त । ? आमाले जवाफ दिई, भगवान्लाई त्यसो भन्न हुँदैन । पाप लाग्छ ।
छोरीले फेरि भनी, “ल आमा म अब स्वस्थानी सुनेर बस्दिन । म चाहिँ सुत्न गएँ । तपाईं एक्लै पढ्नुस्, एक्लै सुन्नोस् ।” पख पख स्वस्थानी परमेश्वरीको प्रसाद फूल लगाउ, अनि नैवेद्य खाउ, त्यसपछि म पनि सुत्न जान्छु । आजको पाठ सकियो । आमाले भनेबमोजिम उसले त्यसैगरी उसको मनले चाहिँ यो कुरा मान्दै मानेको छैन । ऊ सोच्छे– हैन ! यस्तो नचाहिँदो विश्वास नभएको पुस्तक पढेर सुनेर हामीलाई भोलि के काम लाग्ला र... ।