• १० मंसिर २०८२, बुधबार

गोरुले हानेर बृद्वको मृत्यु

blog

राधा लुइटेल 

फिदिम, मङ्सिर १० गते । पाँचथरमा आफैंले पालेको गोरुले हान्दा एकजना बृद्वको ज्यान गएको छ । फिदिम नगरपालिका –१४ का ६९ वर्षीय पदमबीर राईको मृत्यू भएको हो ।

उहाँलाई आफ्नै गोठमा बाँध्ने क्रममा गोरुले हानेको थियो । गोरुले हानेर धक्का दिँदा झण्डै एकसय पचास मिटर तल खसेका राईको घट्नास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले बताउनुभयो ।

उहाँका अनुसार घट्ना भएको स्थानीय जङ्गबहादुर राईले प्रहरी चौकी पौवा भञ्ज्याङमा खबर गर्नुभएको थियो । लगत्तै गएको प्रहरीले घट्नास्थललाई सुरक्षित गर्नुका साथै कानुनी प्रक्रिया पूरा गरी जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको कर्णले बताउनुभयो ।