निराजन परियार
चौमाला (कैलाली), मङ्सिर १० गते । धनगढीमा नेकपा (एमाले) का नेता महेश बस्नेत पुग्दा केही तनाव भएको छ । बस्नेतको विरोधमा जेनजीहरू प्रदर्शन गरेपछि अवस्था केही तनावपूर्ण बनेको हो ।
नेता बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । एमाले पोलिटब्युरो सदस्य नेता बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी मार्गनजिकमा जेनजी युवा र एमालेको भातृसङ्गठन युवाबिच सामान्य झडप भएको थियो । प्रहरीको सुरक्षा घेरामा रहेका केहि जेनजीहरूलाई समान्य चोटपटक लागेको जेनजी नेताहरूले बताएका छन् ।
सो क्रममा धनगढी–४ की जेनजी अगुवा सरिता जोशीसँगै केही युवाहरू घाइते भएका छन्। उहाँको हातमा चोट लागेर अस्पतालमा उपचार भइरहेको छ। जेनजीहरूले विभिन्न नारा लगाउँदै नेता बस्नेतको विरोध गर्नुभएको थियो । धनगढीमा आयोजित युवा सङ्घको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न बस्नेत कैलाली पुग्नुभएको हो ।