• ७ वैशाख २०८१, शुक्रबार

शनिबारका लागि एमालेले बोलायो सचिवालय बैठक

blog

फाइल तस्बिर

काठमाडौं, फागुन २६ गते । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।