आज हामी समाजका अनेक चरित्रहरूबाट पीडित छौँ । हामी निरन्तर पीडामा हुन्छौँ । त्यो पनि झुर मान्छेकै कारणले । अरू कारणले हुने पीडाको कथा यहाँ समेटिने छैन ।
झुर मान्छेको पहिचान भनेको उसले आपूmलाई सबैभन्दा विज्ञ ठान्नु । सबैभन्दा मिलनसार ठान्नु । सबैभन्दा गन्यमान्ने ठान्नु । सबैभन्दा लोकप्रिय ठान्नु । अनि अरूले मेरा बारेमा के सोचे होलान् भनेर एक रत्ति पनि नसोच्नु । उसको निजी विचार नै सबैको विचार हो भनेर भ्रम पाल्नु । उसको अभिव्यञ्जना नै शाश्वत हो भनेर ग्रहण गर्नु । अनि अरूले उसको कुरा ध्यान दिएर आनन्दले, हर्षले, उत्कण्ठाले, रौद्रताले, गर्वले सुनिरहेका छन् भनेर भ्रम पाल्नु । मेरा यी विचार र अभिव्यक्तिहरूले अरूलाई निरस बनाउँछ भन्ने पनि नबुझ्नु । अति नै आत्मकेन्द्रित बनेर आपूmलाई प्रस्तुत गर्नु । अनि अभिव्यञ्जनाका स्रोत पनि आत्माबाटै निस्किन्छन् । तिनको निष्कर्षमा कुनै अनुसन्धान पनि भएको हुँदैन । तिनलाई आफ्नो मनअनुसार तर्क र विषयलाई बाङ्गोटिङ्गो पार्नमा निर्क सीप हुन्छ । तिनका तथ्यहरू तासका जोकर हुन्छन् । जता लगाए पनि मिल्ने । तिनलाई अहम्ता त हुन्छ नै, त्यसमा पनि तिनलाई लाग्छ, तिनले मन पराएको कुरा सबैलाई मन पर्छ । तिनले मन पराएको सङ्गीत सबैलाई मन पर्छ । तिनले अँगालेको राजनीतिक दल सबैलाई मन पर्छ । तिनका कुरा सबैलाई चाखलाग्दा नै हुन्छन् भन्ठान्छन् किनभने ती कुरा तिनी आफैँलाई नै चाख लागेका हुन्छन् ।
तिनीहरू सधैँ आत्मकेन्द्रीयतामा हुन्छन् र कुरालाई कहीँ न कहीँ लगेर जोडिदिन्छन् । अनि तिनका कुनै न कुनै कुरा नयाँ बनिहाल्छन् । कुनै पनि कुरालाई उदाहरण वा विम्बका रूपमा प्रयोग गरिहाल्छन् ।
ती मानिसहरू प्रायः दोहोरो प्रवृत्तिका हुन्छन्, जता पनि फिट्छन् । भगवान् मान्नुपर्छ भन्दा पनि ठीक, मान्नु हुँदैन भन्दा पनि ठीक । कुरा मिलाइहाल्छन् । राजनीतिमा त झनै यस्ता मान्छेहरू लोकप्रिय हुन्छन् । किनभने यस्ता मान्छेहरूलाई अरूको कुरा सुन्ने भन्दा पनि आफ्नो कुरा भनिरहने बानी हुन्छ । सुनाइरहने बानी हुन्छ । अनि तिनले सबै कुरा जानेको पनि छ भन्ठान्छन् । राजनीति, धर्म, इतिहास, भूगोल, विज्ञान, प्रविधि, समाजशास्त्र सबै यिनले नै जानेको छ । अरूको काम सिर्पm सुन्ने हो अथवा मानौँ यो सबै तिनैको धरादण्ड हो । तिनैको बपौती हो । तिनैको विरासत हो ।
त्यही भएर झुर मान्छेहरू सबैभन्दा बढी उनीहरू नै खुसी हुन्छन् । किनभने कथाको कथानक तिनैले तयार पार्छन् । तिनैले प्रमुख पात्रको भूमिका खेल्छन् । तिनैले कथा अगाडि लैजान्छन् । तिनैले आफ्नो इच्छाबमोजिम टुङ्ग्याउँछन् । अनि मुस्कुराउँछन् । तिनीहरूसँग भन्ने कुराको भण्डारै हुन्छ । अनि ती कुरालाई जता पनि लैजाने सामथ्र्य तिनले नै राखेका हुन्छन् ।
तिनीहरू खुसी हुने अर्को कारण पनि छ, तिनलाई श्रोताको कुनै कमी हुँदैन । आफ्नै जीवनका कुरा, श्रीमतीका कुरा, श्रीमान्का कुरा, छोराछोरीका कुरा, घरका कुरा, पैसाका कुरा, राजनीति र धर्मका कुरा, विज्ञानका कुरा, इतिहासका कुरा । ती सर्वज्ञ भएको अभिनय गर्छन् । ती सामाजिक सञ्जालका कुरा, छिमेकीका कुरा भनेरै भए पनि घण्टा बिताइदिन्छन् ।
अनि तिनको कुरा सुन्ने एउटा न एउटा फेला परिहाल्छ । अनि ऊ पासोमा पर्छ । उसले नसुनेर धरै पाउँदैन । कि त त्यस्ता झुर मान्छे आउँदै गर्दा भाग्नुप-यो । तर्किनुप-यो । लुक्नुप-यो । मेरा एक जना साथी यस्तै मान्छेको फेला परेछन् । उम्किन गाह्रो भयो । कुरा सुन्दै गर्दा खुसुक्क उनले अर्को साथीलाई मोबाइलमा म्यासेज गरे, ‘मलाई फोन गर न ।’ त्यसपछि फोनको घण्टी बज्यो, फोनमा बोलेजस्तो गर्दै उनले टाप ठोके अर्थात् साथीले उद्धार गरेछन् तिनको ।
म आफैँ हर पल यस्ता मान्छेको घुइँचोमा हुन्छु । अझ देशमा चुनाव भएका बेलामा त बाबा ! गुप्तवास बस्नु जत्तिकै बनाउँछन् । फलानो दलले बहुमत ल्याउँछ । फलानालाई मैले भेटेको, फलानोको ‘स्योर छ’ । मेरो बुझाइमा फलनाले हार्छ । फलानो दोस्रो हुन्छ । फलानो तेस्रो हुन्छ । भोट पनि किने रे । पैसा बाँडे रे । गठबन्धनभित्र पनि अर्को गोप्य गठबन्धन भयो रे ।
बाफ रे बाफ !
कान त फुुटे फुटे, दिमाग पनि विष्फोट हुनेबेला भयो । अनि ती मान्छेलाई ‘मेरो घरबाट कल आयो’ वा ‘घरको चाबी मैसँग छ, खोल्नुपर्ने, हिँडेँ’ वा ‘मेरा एक जना आफन्त बिरामी भएर अस्पतालमा ल्याएको छ, हिँडेँ’ वा ‘आज पारिवारिक भेटघाट छ, हतारोमा पो छु त आज । फेरि पनि गफ गर्दै गराँैला नि है ?’ वा ‘मेरो नानीलाई स्कुल पु¥याउनुपर्ने छ आज । मेरो पालि क्या ।’ यति बाहाना बनाएपछि मुक्ति पाइने पक्का ।
तर यस्ता झुर मान्छे चलाख र कुशल भने हुँदैनन् । तिनमा ‘इम्प्याथि’ भन्ने जिरो हुन्छ अर्थात् श्रोताको मनोविज्ञान तिनले बुझ्दैनन र बुझ्ने कोसिस पनि गर्दैनन् । तिनलाई सिर्पm आत्मरती मन पर्छ । आफैँ रमाउनु पर्छ । ती सोच्छन्, ती सबैथोक हुन् । तिनको विशेषता भनेको एउटै कुरा कैयौँँ पटक दोहो-याएर, तेह-याएर भन्नु । अनि अलिक अलिक कथा फेर्नु र अरूलाई मक्ख पारेको छु भन्ने आत्मरतीमा रमाउनु । अर्को कुरा, झुर मान्छेका ‘एन्टिना÷टावर’ बडो विचित्रको हुन्छ । तपाईंले कुनै कुरा ‘मैले यस्तो कुरा पो पढेँ वा सुनेँ वा हेरेँ वा देखेँ’ भन्नुभयो भने तिनले ‘अँ त, मैले अस्ति... मा यो कुरा पढेँ वा सुनेँ वा हेरेंँ वा देखेँ’ भन्छन् र तपाईं भूमिकाविहीन बन्नुहुन्छ ।
तिनले मञ्चमा कुनै कारणले बोल्ने मौका पाए भने जीवनमा त्योभन्दा कष्टकर केही हुँदैन । तिनले आपूmलाई यसरी प्रस्तुत गर्छन् कि सबैजना उनको कुरामा आनन्द लिइरहेका छन् । अनि उनका व्यक्तिगत गन्थनबाट उपदेश हुँदै पूmलको माला अरूले लगाइदिनु पर्दैन आपैmँ लगाउँदै एक घण्टा मान्छेको मूल्यवान् समय खाइदिँदै ‘मेरा छोटा दुई शब्द यहीँ अन्त्य गर्छु’ भनेर हिँड्छन् ।
‘यिनको पनि बोल्नेमा नाम छ ?’
‘छ नि, किन हुँदैन ? उहाँ वरिष्ठ हो नि त !’
‘उसोभए म चाहिँ ।’
कार्यक्रमहरूमा प्रयोग भएका संवाद हुन् यी ।
अनि झुर मान्छेहरूको जालो यति धेरै पैmलिएको छ कि यी जता पनि उपलब्ध छन् । यी राजनीतिक नेतृत्वमा छन् । यी आमसभामा बोल्छन् र मान्छेलाई निरास बनाउँछन् । सञ्चार माध्यममा बोल्छन् । अन्तर्वार्ता दिन्छन् । प्रशिक्षण दिन्छन् । ती ‘नार्सिसस’ बन्छन् अर्थात् आपैmँलाई मात्र सुन्दर देख्ने ग्रिसेली पुराणको पात्र । आफैँलाई जान्नेसुन्ने देख्ने । आफैँलाई महान् देख्ने । यिनका कुरा सुनेर कान त टट्टाई नै सके, दिमाग पनि मन्द हुनेभयो ।
सामाजिक अभियन्ता ‘कागज र बोली मिलाउने’, पत्रकार ‘कुरा मिलाउने’, वकिल ‘झुटो कुरा मिलाउने’, शिक्षक ‘समय मिलाउने’, व्यापारी ‘बिल मिलाउने’, राजनीति ‘गठबन्धन मिलाउने’हरूको समय हो यो । यी सबै सिर्फ ‘मिलाउँछन्’, अनि इमानदारिताको प्रवचन दिन्छन् । नैतिकताको पाठ गर्छन् । धर्म र संस्कारको कुरा गर्छन् । निधारमा चन्दन् घस्छन्, वर्षमा दसखेप पूजा र व्रत लाउँछन्, मान्छे बोलाएर रोटी र जेरी खुवाउँछन् । तर धर्मको पक्षमा बोल्दैनन् । नास्तिकको पक्षमा उभिन्छन् । नास्तिकलाई भोट हाल्छन् । तिनैको झन्डा बोक्छन् र मुस्कुराउँछन् । यी अर्का झुर मान्छे हुन् । किनभने यिनको भनाइ र गराइमा आकास पाताल भिन्नता छ ।
मिडियामा चिच्याउनेदेखि शब्दमा कथित क्रान्ति गर्छु भन्ने लेखकहरू, नाराजस्ता गीत भर्नेहरू आखिरि झुर मान्छे हुन् । अनि आकास नै खस्यो भने जसरी केके नै भयो भनेर एक एक घण्टामा मुहारे पुस्तिाकामा फोटा र आफ्नो निजी कुरा लगाएर ल्याङल्याङ गरिरहने मान्छे अभैm बढी झुर हुन् । तिनको आतङ्कबाट बच्न मोबाइलको वाइफाई विच्छेद गरेर बस्न बाध्य हुनुपर्छ ।
झुर मान्छेबाट बच्न कि त आपूmले पनि झुर मान्छे बन्ने प्रशिक्षण र तालिम लिनुप-यो कि त तिनलाई देख्नासाथ मुन्टो उता फर्काएर नदेखेभैmँ गरी भाग्नुप¥यो ।
मान्छे किन यसरी झुर बन्छन् भन्ने कुराको पछिल्लो अनुसन्धान के छ भने मान्छेमा पठन संस्कृति सकियो । सामाजिक सञ्जालका ‘हावा’ कुराहरूलाई स्रोत सामग्री बनाएर मान्छे तर्क र बहस गरिरहेको छ । समय पनि फुर्सदिलो भयो, किनभने कुनै मोटा किताब पढ्नुपरेको छैन । अनि समाजले ‘बोल्नेको पिठो बिकाइदियो’ तर नबोल्नेको बासमती चामल पनि बिकाएन । कुहिएर गयो । अनि तिनले जे पनि बोले । होलाई होइन बनाइदिए । होइनलाई हो बनाइदिए । अनि तिनै झुर मान्छे गन्यमान्य हुन्छन्, लोकप्रिय हुन्छन्, तिनैले पुरस्कार पाउँछन्, तिनैको पदोन्नति हुन्छ । तिनै राजनीति गर्छन्, तिनैले भोट जित्छन्, तिनैले छिनछिनमा बोली फेर्छन् र ढाँट्छन् तर पनि मान्छे तिनकै पछि कुदिरहेका हुन्छन् । समाज तिनकै पछि कुदिरहेको हुन्छ । तिनकै जय हुन्छ ।
अनि मान्छे चाहिँ तिनको तुरूपमा पस्छन् र रङ्गीन बन्छन्, पत्तो नै नपाईकन !
दमक, झापा