• ६ जेठ २०८१, आइतबार

कुम्मायकले चुम्यो फुटबल उपाधि

blog

उपाधि विजेता कुम्मायक फुटबल क्लबका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, फागुन २० गते । पाँचथरको फिदिम नगरपालिका ५ मा आयोजित प्रथम गोर्खा पाँचथर रंगशाला फुटबल प्रतियोगिताको उपाधी कुम्मायक गाउँ पालिकाले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय पाँचथरलाई ५–० गोलले हराउँदै कुम्मायक च्याम्पियन बनेको हो । कुम्मायकको जितमा दिलकुमार लिम्बूले ह्याट्रिक गर्नुभयो । लक्ष्मण राई र सुनिल लिम्बूले एक एक गोल गर्नुभयो ।

उपाधिसँगै कुम्मायकले एक लाख र उपविजेता प्रहरीले ५० हजार रुपियाँ पुरस्कार पायो । फाइनलमा प्रहरीका सुजन चाम्लिङ राईले म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

कुम्मायकका हेमन्त दर्नालले उत्कृष्ट खेलाडी, दिलकुमार सम्बाहाम्फेलाई सर्वाधिक गोलकर्ता, कृष्ण क्षेत्रीलाई उत्कृष्ट गोलरक्षक, सुवाष तामाङलाई उत्कृष्ट रक्षक र भिमप्रसाद लावती उत्कृष्ट प्रशिक्षक बन्नुभयो ।

उत्कृष्ट सबैले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । बिजेतालाई नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे लगायतले पुरस्कार प्रदान गर्नुभयो ।