• ६ जेठ २०८१, आइतबार

मनाङ र शेर्पाको बराबरी

blog

गोल गरेपछि मनाङका खेलाडी ।

काठमाडौं, फागुन २० गते । मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र शेर्पाले १–१ गोलको बराबरी खेले । निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । 

मनाङका रोशन रानामगरले १४औं मिनेटमा खाता खोल्नुभयो । त्यसपछि ८५औं मिनेटमा शेर्पाका सुरेश कुमालले गोल गर्दै खेललाई बराबरीमा सक्नुभयो । बराबरीसँगै दुवै टोलीले एक एक अंक जोडेका छन् ।