• ६ जेठ २०८१, आइतबार

एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात

blog

लिगको पहिलो खेलमा एपीएफका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, फागुन २० गते । विभागी टोलीको एपीएफ क्लब र नव प्रवेशी चर्च ब्वाइज क्बलले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० गोलले हरायो । च्यासल फुटबल मैदानमा भएको अर्को खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ गोलले हरायो । 

एपीएफको जितमा मनि कुमार लामा र अर्मान्ड विनोङले गोल गर्नुभयो । लामाले ७२औं र विनोङले ८७औं मिनेटमा गोल गर्नुभएको थियो । यसैगरी चर्च ब्वाइजको जितमा 

आशिष चौधरी र फ्रान्कलिन क्विटेलाले गोल गर्नुभयो । पुलिसका रवि पासवानको गोल सान्त्वना बन्यो । खेलमा सुरुवाती अग्रता पुलिसले लिएको थियो । १४औं मिनेटमा पासवानले गोल गर्दै पुलिसको उत्साह जगाउनुभयो ।

पुलिसको अग्रतापछि जोसिएको चर्च ब्वाइजले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । आशिषले चौधरी गोल गर्दै चर्च ब्वाईजलाई खेलमा फर्काउनुभयो । ७०औं मिनेटमा फ्रान्कलिनले पेनाल्टीमा गोल गर्दै नवप्रवेशी चर्च ब्वाइजलाई ‘ए’ डिभिजनमा ‘डेब्यु’ जित दिलाउनुभयो ।