• ६ जेठ २०८१, आइतबार

लोयल्टी च्याम्पियन

blog

उपाधि विजेता लोयल्टीका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन २० गते । आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनल खेलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले हरायो । 

लोयल्टीका लागि दुवै गोल बसन्त राउतले गर्नुभयो । लिटिल एन्जल्सका स्मिथ राउत उत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगिताभर आठ गोल गर्नुभएका लोयल्टीका साहिल राई सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहनुभयो ।

विद्या संस्कारका प्रहार केसी उत्कृष्ट गोलरक्षक तथा लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । त्रिज्योतिले अनुशासित टिमको उपाधि हात पारेको छ । 

विजेतालाई संघीय सांसद् प्रदीप पौडेल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका खेलहरु लिग कम नकआउट आधारमा खेलाइएको हो ।