• २१ वैशाख २०८१, शुक्रबार

नेपालको विजयी सुरुवात

blog

नेपाली यू–१९ टोली । फाइल तस्बिर

काठमाडौं, फागुन १२ गते । नेपालले संयुक्त अरब इमिरेट्समा (युएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

ईडन ग्राडेन ओभल अजमान मैदानमा शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले हरायो । नेपालले दिएको दुई सय ६२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा सात विकेटको क्षतिमा एक सय ६५ रनमा समेटिएको थियो । 

सिंगापुरका लागि आर्यन मोदीले ५८ रन बनाउनुभयो । सिद्धान्त श्रीकान्तले ४४, अर्जुन नागपल र अवुद्ध चाजेरले १४/१४ रन बनाउनुभयो । बलिङमा नेपालका हेमन्त धामी र सुवास भण्डारी दुई दुई तथा विशाल विक्रम केसीले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६१ रनको सम्मानजनक स्कोर बनाएको थियो ।नेपालका लागि आकाश त्रिपाटीले ७८ रन बनाउनुभयो । विशालविक्रम केसीले ६३, अर्जुन कुमाल ३७, कप्तान देव खनालले २१, दीपक बोहोराले १७, सुवास भण्डारीले अविजित १२ र दीपक डुम्रेले १० रन बनाउनुभयो ।

बलिङमा सिङ्गापुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले दुई दुई विकेट लिनुभयो । छनोट प्रतियोगितामा आयोजक यूएई, नेपाल, सिङ्गापुर, कुबेत, हङकङ र मलेसियाको सहभागिता छ ।

नेपालले दोस्रो खेल शनिबार कुवेतसँग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्षटोली सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकपमा छनोट हुनेछ ।