• १२ असार २०८१, बुधबार

ट्रकसहित रासायनिक मल बरामद

blog

भन्सार छली गरी भारतबाट नेपाल ल्याइएको रासायनिक मलसहितको ट्रक । तस्बिर : गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, माघ २७ गते । पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरी भारतबाट नेपाल ल्याइएको एक ट्रक रासायनिक मल प्रहरीले बरामद गरेको छ । बिहीबार रातिको समयमा बर्दघाट नगरपालिका वडा –४ को त्रिवेणी चोकबाट प्रहरीले सूचनाका आधारमा ना ७ ख ९२४३ नम्बरको ट्रकसहित ५ लाख २६ हजार ८०० रुपियाँ बराबरको रासायनिक मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताउनुभयो । 

रातिको समयमा भारतबाट भन्सार छली गरी नेपाल ल्याएर लुकाई गोदाममा राखिएको १२ बोरा डीएपी र ४२७ बोरा युरिया मल गरी जम्मा ५ लाख २६ हजार ८०० रुपियाँ मुल्य बराबरको रासायनिक मल प्रहरीले बरामद गरेको जनाएको छ ।

सो मल आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ । प्रहरीले गोप्य सूचना पाएको आधारमा प्रहरीले पूर्व–पश्चिम राजमार्गका बर्दघाटबाट बरामद गरेको बताएको छ ।