• १७ असार २०८१, सोमबार

कर्णाली प्रवेशद्वारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन हुने

blog

कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्नुहुँदै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा। तस्बिर : प्रतीक इच्छुक शर्मा

सल्यान, माघ २५ गते। कर्णाली प्रदेशका प्रवेश गर्ने दुई नाकामा प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्याङ्क व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको हो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले कर्णाली प्रदेशको उत्पादन आयत निर्यात तथ्याङ्क व्यवस्थापन तथा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गर्ने जानकारी गराउनुभएको हो।

सल्यानको कपुरकोट गाउँपालिकाको १२ औँ गाउँ सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले कपुरकोट तरकारी उत्पादनमा आत्मनिर्भर भए पनि भारतीय विषादी सहितको तरकारी रोक्न कपुरकोट र हर्रेडाँडामा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन बताउनुभएको हो।

कर्णाली प्रदेश कृषि उपजमा आत्मनिर्भर प्रदेश बनाउन गाउँ गाउँमा सडक सञ्जाल पुगेकाले सहज हुने बताउनुभयो। अब सडक सञ्जालसँगै समूह सहकारीमा प्रदेश तथा स्थानीय सरकारले लगानी गर्ने वातावरण तयार पारे उत्पादन वृद्धि गर्ने उहाँको भनाइ छ।