• १२ साउन २०८१, शनिबार

शुक्रबार मनोनयन दर्ता

उपसभामुखको निर्वाचन शनिबार

blog

उपसभामुखको निर्वाचनबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराउनुहुँदै ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरा । तस्बिर : रासस

काठमाडौं, माघ ५ गते । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराउनुभएको हो ।

उपसभामुखको निर्वाचनका लागि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यसूचीमा शुक्रबार १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने उल्लेख छ ।

उक्त समयमा प्रतिनिधि सभाका सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता सचिवालयले जनाएको छ ।

त्यस्तै, सोही दिन अपराह्न ४ बजेर १५ मिनेटमा उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ ।

उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा  प्रारम्भ हुने  प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।