• १२ साउन २०८१, शनिबार

सभामुखमा जसपाको समर्थन एमालेका घिमिरेलाई

blog

जनता समाजवादी पार्टी (जसपा) प्रवक्ता मनीष सुमन । फाइल तस्बिर

काठमाडौं, माघ ४ गते । जनता समाजवादी पार्टीले सभामुखमा नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्ने भएको छ । जसपा प्रवक्ता मनीष सुमनले सभामुखका उम्मेदवार घिमिरेलाई समर्थन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वाभाविक हो हामी सातदलीय गठबन्धनमै छौं । एमालेको मात्रै होइन, उहाँ गठबन्धनकै उम्मेदवार हो नि । हामी गठबन्धनम भएकाले गठबन्धनलाई नै सहयोग गर्छौ ।”

सरकारमा जाने, नजाने एवम् समसामयिक विषयमा बुधबार जसपाको संसदीय दलको बैठकमा छलफल भएको थियो ।