• २६ वैशाख २०८१, बुधबार

माघेसङ्क्रान्ति मनाइँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ,पुस १ गते। माघेसङ्क्रान्तिलाई मुलुकभर आ–आफ्नो विशेषता र सांस्कृतिक महìवका साथ मनाइँदै आएको छ । सूर्यनारायण धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने उत्तरायण हुने भएकाले यस पर्वको विशेष महìव रहेको छ । यस दिनलाई उपत्यकाको नेवार सुमुदायमा ‘घिउ चाकु सँल्हु,’ थारू समुदायमा माघीका साथै मैथिलि, मगरलगायत विभिन्न समुदायले आ–आफ्नो परम्परा र शैलीमा मनाउँदै आएको पाइन्छ । माघेसङ्क्रान्तिलाई लितुवासङ्क्रान्ति, मकरसङ्क्रान्ति आदि नामले पनि सम्बोधन गरिएको पाइन्छ । सूर्यनारायण धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस सङ्क्रान्तिको नाम मकरसङ्क्रान्ति रहेको हो । यस दिन राष्ट्रिय योग दिवस मनाउने प्रचलन पनि रहिआएको छ । 

माघेसङ्क्रान्तिलाई नेवार समुदायमा ‘घिउ चाकु सँल्हु’ नामले धूमधामसँग मनाउने प्रचलन छ । माघको पहिलो दिन विशेष रूपमा घिउ, चाकु, तिलको लड्डु तथा तरुलका साथै अनेक परिकार बनाएर खाने प्रचलन छ । माघेसङ्क्रान्ति मनाउनुको वैज्ञानिक कारण रहेको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

उहाँले माघेसङ्क्रान्तिमा काँचो घिउ र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने जानकारी दिँदै भन्नुभयो, “अहिले जस्तो लुगाको सहज अवस्था पहिले थिएन । जाडो मौसममा मानिस चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे । नेवार समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । वज्राचार्यले थप्नुभयो, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ ।”

संस्कृतविद् ओम धौभडेलले पुस महिनामा हुने यःमरी पुन्हिमा नेवार समुदायले चाकुको यःमरी खाने चलन छ । मुख्य जाडोका भिन्नाभिन्नै महिनामा चाकु खानुका पछाडि यही कारण रहेको जानकारी उहाँले दिनुभयो । “यःमरी पुन्हिमा चामलको पिठोभित्र चाकु हालेर खानुको कारण शरीरलाई पुसको जाडोबाट जोगाउनु हो,” धौभडेलले भन्नुभयो, “माघेसङ्क्रान्तिमा भने काँचो घिउ र चाकु खाइन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमता बढ्छ ।”

उहिलेउहिले बाक्लो लुगा सहजै नपाइने हुँदा जाडो याममा बच्चा, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँथ्यो । त्यसैले हाम्रा पुर्खाले चाकु खाने चलन ल्याएको उहाँले जानकारी दिनुभयो । अन्य समुदायमा पनि माघेसङ्क्रान्ति आ–आफ्नै ढङ्गले मनाइन्छ । भक्तपुरका बौद्ध धर्मावलम्बीले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन छ । त्यस्तै थारू समुदायले ‘माघी’ भनेर मनाउँछन् । बाहुन तथा क्षेत्रीले तिलको लड्डुका साथै विभिन्न खाले तरुल र खिचडी खाएर मनाउने गर्छन् ।

जाडो मौसममा शरीरलाई अत्यावश्यक तìव तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानुपर्ने पोषणविद्को भनाइ छ । हामीकहाँ धेरैथरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा तरुल ।

माघेसङ्क्रान्तिका अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सखरले शरीरलाई शक्ति प्रदान गर्नुुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । साथै यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ ।

त्यति मात्र होइन, चाकु, तथा सखर चिनीबाट बनेको नभई विभिन्न तìवबाट बनाइने हुँदा यसले शरीरमा विभिन्न खनिज पदार्थको रूपमा समेत काम गर्दछ । त्यस्तै घिउ आफैँमा अन स्याचुरेटेड फैटी एसिड भएकाले यसले शरीरमा बोसो जम्न दिँदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।