• १२ साउन २०८१, शनिबार

गुप्त एसियाली भारोत्तोलनमा

blog

एसियाली भारोत्तोलन संघको सदस्यमा निर्वाचित पार्थ सारथी सेन गुप्त (दायाँ), साथमा अध्यक्ष रामकृष्ण श्रेष्ठ (बीच) र महासचिव तिलक राउत । तस्बिर : राखेप

काठमाडौं, पुस २३ गते । नेपाल भारोत्तोलन सङ्घका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसियाली भारोत्तोलन सङ्घको कार्यकारी समितिको सदस्यमा निर्वाचित हुनुभएको छ । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिनुभयो । 

यसअघि गुप्त एसियाली भारोत्तोलन सङ्घअन्तर्गत प्राविधिक कमिटीका सचिव हुनुहुन्थ्यो । पुस २१ गते कतारको दोहोमा भएको चुनावी साधारणसभामा अध्यक्ष श्रेष्ठ, गुप्तसहित महासचिव तिलक राउत सहभागी हुनुहुन्थ्यो । 

अध्यक्ष श्रेष्ठले गुप्त निर्वाचित भएकोमा बधाइ दिँदै एसियाली भारोत्तोलन सङ्घमा नेपालको उपस्थितिले सिङ्गो नेपाली भारोत्तोलनको विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।