• २३ असार २०८२, सोमबार

अध्यक्ष यादवको संयोजकत्वमा विधान मस्यौदा समिति गठन

सत्ता सहकार्यका लागि जसपाले बनायो वार्ता समिति

blog

मंगलबार बसेको राजनीतिक समितिको बैठकमा सहभागी नेता ।

काठमाडौं, पुस १९ गते। जनता समाजवादी पार्टीले विभिन्न दल तथा संगठनसँग एकता, सहकार्यका लागि राजकुमार श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको छ। मंगलबार बसेको राजनीतिक समितिको बैठकले यो निर्णय गरेको हो ।  

श्रेष्ठको संयोजनमा बनेको समिति सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी हुनुहुन्छ। जसपा प्रवक्ता मनिष सुमनका अनुसार सत्ता गठबनधनसँग सम्बन्धित वार्ता  यही समितिले गर्ने जनाइएको छ। 

त्यसैगरी जसपाले माघ मसान्तभित्र पार्टीका निष्क्रिय संगठनलाई क्रियाशील बनाउने निर्णय गरेको छ। 

सम्पन्न निर्वाचनमा आधिकारीक उम्मेदवारविरुद्व उम्मेदवारी दिने, अन्तरघात गर्ने लगायतका विषयमा छानबिन गर्न शिवलाल थापा मगरको संयोजनमा पाँच सदस्यीय समिति गठन गरेको छ। 

माघ मसान्तसम्म रिपोर्ट बुझाउने गरी मगरको संयोजनमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमिला यादव सदस्य  हुनुहुन्छ। 

जसपाले पार्टी विधान अधिवेशनका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजनमा विधान मस्यौदा समिति पनि गठन गरेको छ।

अध्यक्ष यादवको संयोजनमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, शुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दिपेन्द्र झा, दीपक राई, पंचलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी सदस्य हुनुहुन्छ।