• २३ वैशाख २०८१, आइतबार

फ्रान्सलाई अस्वस्थ खेलाडीको चिन्ता

blog

दोहा (कतार), पुस २ गते । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा अस्वस्थ भएका फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ।

डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेल्नुभएको थिएन। प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने बताउनुभयो। उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी हुनुभएको छ। प्रशिक्षक डेस्चाँले यी तीन खेलाडी फाइनलअघि स्वस्थ हुने अपेक्षा गर्नुभएको छ।

डेस्चाँले कतारको गर्मीमा एयर कन्डिसनरको धेरै प्रयोगले पनि बिरामी बनाएको बताउनुभयो। यसअघि स्विट्जरल्यान्डका दुई खेलाडी पनि समूह चरणमा सर्बियाविरुद्धको निर्णायक खेलमा यसै कारणले बिरामी पर्नुभएको थियो। एपी