• ८ वैशाख २०८१, शनिबार

रविलाई उछिन्दै भुवन शीर्षस्थानमा

blog

सट प्रहार गर्दै भुवन नगरकोटी । तस्बिर : एनपीजीए

काठमाडौं, मंसिर २२ गते । सूर्य नेपाल काठमाडौं ओपन गल्फको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सञ्चालित प्रतियोगितामा बिहीबार भुवनले एक अन्डर ६७ स्कोर खेल्नुभयो ।

५४ होलको समाप्तिसँगै भुवनको कूल १० अन्डर एक सय ९४ स्कोर छ । दुई दिन शीर्षस्थानमा रहनुभएका रवि खड्काले विर्षन लायक प्रदर्शन गर्नुभयो । बिहीबार रविले नौ ओभर ७७ खेल्नुभयो । रविको कूल एक अन्डर दुई सय ३ स्कोर छ । रविसँगै सुक्रबहादुर राईको पनि समान एक अन्डर दुई सय ३ स्कोरसहित संयुक्त दोस्रो स्थानमा हुनुहुन्छ । 

यसैगरी एमेच्योरतर्फ ११ ओभर दुई सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा हुनुहुन्छ । बिहीबार अजितले पाँच ओभर ७३ खेल्नुभयो । दोस्रो स्थानमा रहनुभएका  प्रज्वल गुरुङ को र्दुइ सय ३३ स्कोर छ । कूल ६ लाख ७० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा विजेताले एक लाख १६ हजार, उपविजेताले ७४ हजार तथा तेस्रो स्थान हासिल गर्ने खेलाडीले ६३ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

यसैगरी शीर्ष २१ स्थानमा रहने गल्फरलाई पनि गद पुरस्कार दिइने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए)ले जनाएको छ। एमेच्योरतर्फको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिनेछ । फाइनल खेल शुक्रबार हुनेछ ।