• १६ चैत २०८०, शुक्रबार

‘चि मुसी चि’को पोस्टर सार्वजनिक

blog

काठमाडौँ, मङ्सिर २० गते । आगामी पुस २२ बाट प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पुस १५ गते रिलिज हुने भनिएको चलचित्र एक हप्ता पर सरेको निर्माण टिमले जनाएको छ । 

अहिलेको अवस्थामा दुई राम्रा नेपाली चलचित्र एउटै मितिमा जुधाउनुभन्दा एक हप्तापछि सोलो रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रवर्तीले बताउनुभयो । बलिउड र हलिउड चलचित्रसँग भागेर नेपाली चलचित्र एकआपसमा जुधाउने परम्परा तोड्ने हेतुले ‘चि मुसी चि’ पुस २२ गते रिलिज गर्न लागिएको निर्माता चक्रवर्तीको भनाइ छ । हरर थ्रिलर जनराको चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायतका कलाकारको अभिनय छ ।