• १२ वैशाख २०८१, बुधबार

नेपाल र नामिबियाको खेलमा वर्षा बाधक

blog

काठमडौं, मंसिर १६ गते । आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ । 

वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो । यससँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । नेपालले दिएको एक सय ९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले चार बल खेल्दा पानी परेपछि खेल रोकिएको थियो ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाउनुभएको थियो ।