• १२ साउन २०८१, शनिबार

फुटबलर प्रिजेनलाई आर्थिक सहयोग

blog

आर्थिक सयोग हस्तान्तरण गरिँदै । तस्बिर : राखेप

काठमाडौं, मंसिर ८ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराईरहनु भएका राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङलाई बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले दुई लाख र कोषले तीन लाख गरी जम्मा पाँच लाख रुपियाँ प्रदान गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

राखेपका सदस्य सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले प्रिजेनको स्वास्थ लाभाको कामना गर्दै प्रिजेनका पिता राजकुमार तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । 

प्रिजेनको दिल्लीको अपोलो अस्पतालमा उपचार भईरहेको छ । कोषले हालसम्म करिब ७० लाख आर्थिक सहयोग वितरण गरिसकेको र कोषमा एक करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठले जनकारी दिनुभयो ।