• १२ साउन २०८१, शनिबार

झापा क्षेत्र ४ मा घण्टीलाई अग्रता

blog

कनकाई ४ को मतगणना हुँदै । तस्बिर : लीलाराज खडका

लीलाराज खडका 

बिर्तामोड, मङसिर ४ गते । झापा क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।  हालसम्म ७०० मत  गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता लिनुभएको छ । 

स्वतन्त्र पार्टीको घण्टीले ३२५ मत ल्याउँदा एमालेका लालप्रसाद साँबाले १९७ मत र  नेपाली कांग्रेसका देउमान थेबेको ११५ मत आएको निर्वाचन कार्यालय झापा ४ का निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो । 

यसैगरी झापा ४ मै हाम्रो नेपाली पार्टीका यसैगरी युक्त भेटवालको  लौरोमा  ९ र  स्वतन्त्रकी खुश्बु ओलीको क्रस खुकुरीमा १४ मत आएको छ । झापा ४ कनकाई नगरपालिकामा सोमवार दिउँसो १२ बजेबाट गणना सुरु भएको हो । 

कुल ६ स्वतन्त्रसहित १८ उम्मेदवारले यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । यस क्षेत्रमा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३४९ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो ।