• १९ असोज २०८१, शनिबार

महादानी मैयादेवीको महाप्रस्थान

blog

  बसन्त पराजुली 

भरपुर कात्तिक ६  गते । समाजसेवी एवं पूर्व सांसद मैयादेवी श्रेष्ठको भौतिक देह अब रहेन । ९२ वर्षको उमेरमा शनिबार राती उहाँको निधन भएको छोरा टंक पौडेलले जानकारी दिनुभयो । 

लामो समयदेखि विरामी भई थला पर्नुभएका श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार हुँदाहुँदै निधन भएको हो । 

नौ दशक उमेर पार गरी सक्नुभएका श्रेष्ठ शारीरिक कमजोरी र खानाको अपच एवं अरुचिलगाएतका स्वास्थ्यसम्बन्धी समस्याले ग्रस्त हुनुहुन्थ्यो । उहाँलाई पछिल्लो समय स्वासप्रश्वास सम्बन्धी समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो । 

“आमा केही समय यता साह्रै विरामी हुनुहुन्थ्यो । पछिल्लो समय एक हप्तादेखि अस्पतालमा राखेर उपचार गराउँदा पनि बचाउन सकिएन”,  छोरा टंक पौडेलल भन्नुभयो, “पञ्चतत्वले वनेको भौतिक शरीर हामीलाई छाडेर आमा  बैकुण्ठ प्रस्थान गर्नुभएको छ ।”

मैया देवी जीवनमा यस्ता मान्छे हुनुहुन्छ जो जीवनभर दान गरेर कहिल्यै थाक्नुभएन । आफ्नो जीवनमा कति दान गरे भन्ने कुरा पनि यकिन पत्तो छैन उहाँलाई । तर पनि पूर्व संसद मैयादेवी श्रेष्ठले दान गर्नुभएको लेखाजोखा गर्ने हो भने प्रचलित मूल्य अनुसार एक अर्ब भन्दा माथि छ ।

श्रेष्ठलाई चितवन मेडिकल कलेजका प्रा.डा. शितल अधिकारीको नेतृत्वमा रहेको चिकित्सक टोलीले नियमित उपचार गरिरहेको थियो । 

मैया देवी जीवनमा यस्ता मान्छे हुनुहुन्छ जो जीवनभर दान गरेर कहिल्यै थाक्नुभएन । आफ्नो जीवनमा कति दान गरे भन्ने कुरा पनि यकिन पत्तो छैन उहाँलाई । तर पनि पूर्व संसद मैयादेवी श्रेष्ठले दान गर्नुभएको लेखाजोखा गर्ने हो भने प्रचलित मूल्य अनुसार एक अर्ब भन्दा माथि छ ।

 चितवनका कतिपय स्कूल, क्याम्पस मठमन्दिर, काग्रेस पार्टीको भवन कि त उहाँले दान गरेको जग्गामा वनेका छन् कि रकम उहाँबाट पैसा दान लिएर बनाइएको छ ।

 बाल्यकालदेखि नै दान धर्मप्रति रुचि राख्ने श्रेष्ठले समाजला धेरै दान दिनुभएको छ । “सानैदेखि  जोगी संन्यासीलाई दान नदिई नखाने उस (मैयादेवी )को बानी थियो”, पारिवारिक एक सदस्य भन्छन्, “त्यही बनीले नै उसलाई अहिले दानवीर बनायो ।”  

वि.स.१९८७ असोजको फूलपातीका दिन तनहूँको बन्दीपुरमा जन्मनु भएका मैयादेवी एक महिनाको हुँदा बाबु आमाले काखमा च्यापेर चितवन ल्याउनु भएको थियो । त्यो बेला अहिलेको जस्तो सडक थिएन । हिँडेरै चितवन आउने जाने गर्नु  पर्दथ्याे । २०३६ सालमा नारायणगढ मुग्लिन सडक खुलेपछि चितवन र बन्दीपुरको सडक सञ्जाल जोडिएको हो । यसअघि पृथ्वीराजमार्ग बनिसकेको थियो ।

वीरगञ्जमा डिठ्ठा रहनुभएका वुवा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरबाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्कनु भएकी मैयादेवी आमा र बावुकै प्रेरणाले आफूसँग भएको केही सम्पत्ति सामाजिक कार्यमा लगाउनु भएकाे बताउनु हुन्थ्याे । 

नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान दिएर दार्जलिङ्गदेखि शिक्षक बोलाएर उहाँले पठन पाठन शुरु गराउनु भयो । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ । 

२०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनीत राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद रहनु भएकी मैयादेवीले काँग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान गर्नुभयो । 

यस्तै, उहाँले भरतपुरमा मैयादेवी कन्याकलेज स्थापनाका लागि करोडौँ रुपैयाँ खर्च गर्नुभयो । सामुदायको व्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ । गरिब विपन्न समुदायका छात्राहरुका लागि यो कलेजमा मैयादेवीकै लगानीमा निःशुल्क पढ्न पाउने व्यवस्थासमेत बनाइएको छ । 

२०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनीत राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद रहनु भएकी मैयादेवीले काँग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान गर्नुभयो । 

चितवनका लागि नारायणगढको केन्द्रमै भवन बनाउने जग्गा दान दिनुभयो । गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान दिनुभयो । 


२०७२ साल भदौमा स्थापना भएको मैयादेवी ट्रष्टलाई दुई करोड रुपियाँको सहयोग गर्दै महादानी मैयादेवी श्रेष्ठ । साथमा काग्रेस नेता चित्रलेखा यादव ।  तस्विर : बसन्त पराजुली 

नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान गर्नुभएको छ । प्रजातन्त्रवादी पत्रकारहरुको संस्था प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि उहाँले वसेनीमा जग्गा दिनुभयो । यही जग्गामा बनेको युनियनको भवनको नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । 

 पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश संन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई उहाँले जग्गा दान गर्नुभएको छ ।

मैयादेवी अविवाहित हुनुहुन्थ्यो । उहाँको सेवामा समर्पित हुने छोराहरु, भतिज, अन्य सेवकहरुलाई पनि उहाँले जग्गा नै दान दिनुभएको छ ।

उहाँलाई सेवा गरेका छोराहरु टंकनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई जीवन चल्ने गरी नारायणगढ बजारमा जग्गा दिनुभएको छ । 

त्यसैगरी, दाइका छोराहरु प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उहाँले जग्गा दिनुभएको छ । आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिनुभएको छ भने भान्से ईन्दिरा ढकाललाई देवघाटमा घडेरी दिनुभएको छ ।

पूजारी रामबहादुर कार्की र उहाँकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिनुभएको छ भने यौवन अवस्थादेखिका साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिनुभएको छ ।

श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्येष्टिमा पाल्पाबाट झिकाएका पण्डित शिस्वानी बाजे र बजैलाई पनि उहाँले नारायणगढ बजारमा घडेरी दिनुभएको छ । पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्व मन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाइ प्रधानलाई देवघाटमा, नातिनी उन्नती अधिकारी, श्रेया पौडेललाई समेत उहाँले घडेरी दिनुभएको छ ।

यसैगरी, पूर्व प्रबन्धक खोपमबहादुरलाई बसेनीमा र सहयोगी काजीरामकी श्रीमतीलाई पनि बसेनी घडेरी दिनु भएको छ । 

 पछिल्लो पटक उहाँले नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका छोरा शशांक कोइरालालाई भरतपुरमा झण्डै एक करोड पर्ने जग्गा दान दिनुभएको छ । कोइराला परिवारलालाई जग्गा दान दिनुमा उहाँको जान्ने बझ्नेदेखि कै चाहना हो ।

वीपी  कोइरालाले आफ्नो परिवारलाई आश्रय स्थल दिन आग्रह गर्नुभएकाले अहिले आफूले सो सहयोग गरेको उहाँको प्रतिक्रिया  दियो । श्रेष्ठ २००३ सालदेखि कांग्रेसमा लाग्नु भएकाे थियाे । 

उहाँले दान दिएर बचेको सम्पत्ति उहाँकै नाममा ट्रष्ट बनाएर राखिएको छ । यसले पनि जीवन्तसम्म मैयादेवीकै नाममा दान कायमै राख्ने बताइन्छ ।