• २१ वैशाख २०८१, शुक्रबार

१२ वर्षे जात्रा : ‘ङतभुलु अजिमा’ देवीनाच (फोटो फिचर)

blog

१२ वर्षे जात्रामा सहभागी । तस्बिर : मनोजरत्न शाही

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, कात्तिक ३ गते।  नरदेवीमा १२ वर्षे वर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेतकाली) देवीनाचसहित विभिन्न देवी देवताको नाच प्रस्तुत गर्ने चलन छ। हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो। सो नाचअन्तर्गत विशेष देवी नाच पर्व मनाउने परम्परा छ।

बाह्र वर्षको जात्रामा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ। सुरुमा क्षमा पूजा, कलश साधना पूजा भइसकेको छ। बाह्र वर्षको जात्रा आफैंमा विशेष छ। १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवता निकालिन्छ। तर, १२ वर्षमा १७ जना देवी देवताको नाच प्रस्तुत गर्ने चलन छ।

‘ङतभुलु अजिमा’ जात्राको ‘ताभुज’ बाजाका सदस्य राजप्रकाश तुलाधरका अनुसार लोक उद्धारका लागि ‘च स्वा’ फूलबाट नरदेवी निस्किनुभएको भन्ने किम्बदन्ती छ। ‘देवीलाई समस्त देशका मानिसलाई उद्धार गर्ने देवी भएर नरदेवी भनिएको  हो’, उहाँले भन्नुभयो, ‘त्यो समयमा नरदेवी शक्ति पिठको रुपमा थिए। गुणकामदेवको पालामा काठमाडौं उपत्यका बनाउने क्रममा भित्री भाग जस्तै, (कुला भुलु, असं भुलु)मा त्रिकोण आकारको देवता राख्ने चलन थियो।'

मुख्य शहरअन्तर्गत पर्ने मन्दिर मध्य श्वेतकाली माता पनि गुणकामदेवको पालामा स्थापना भएको भनिन्छ। तर, विभिन्न देवी देवताका मुकुट लगाएर नाच देखाउने चलन अमर मल्लको पालामा भएको उहाँ बताउनुहुन्छ। जात्रालाई अझै राम्रो बनाउने काम भने रणबहादुर शाहले गर्नुभएको अभिलेखमा उल्लेख गरिएको छ।